अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१
| Colorodo: 08:46
नेपाली संस्कृतिको संरक्षण तथा परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा नयाँवर्ष महोत्सव हुने भएको छ । पश्चिमाञ्चल होटल संघले फेवा नववर्ष महोत्सव आयोजना गर्न लागेको हो ।
बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष विकल तुलाचनले प्रदूषित र साँघुरिँदै गएको फेवातालको संरक्षण तथा नेपाली खाना र संस्कृति प्रवद्र्धनका लागि महोत्सव गर्न लागिएको जानकारी दिए । यही चैत २९ देखि आउँदो वैशाख १ गतेसम्म फेवातालको किनारस्थित कोमानेपार्कमा महोत्सव आयोजना हुने जनाइएको छ ।