अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८
| Colorodo: 08:33
उद्योगी, व्यवसायीहरुले काठमाडौंमा हुने लगानी सम्मेलनलाई सकारात्मक रुपमा लिनु पर्ने बताएका छन् । सम्मेलनका विषयमा जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित निजी क्षेत्रका संगठनहरुका प्रतिनिधिहरुले यसलाइ सकारात्मक रुपमा लिन आग्रह गरेका हुन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अहिले नेपालमा लगानीको वातावरण बनेकाले सम्मेलनका लागि निजी क्षेत्र पनि उत्साहित रहेको बताउनुभयो । निजी क्षेत्रले यसलाई सकारात्मक रुपमा लिएको भन्दै सबैले सफल बनाउन लागि पर्नु पर्ने उहाँले बताउनुभयो ।
यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सम्मेलनका विषयमा सकारात्मक बन्न आग्रह गर्नुभयो । अन्य प्रतिनिधिले पनि सम्मेलनलाइ सकारात्मक रुपमा हेरेको बताएका थिए ।