अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३ | Colorodo: 19:38

कांग्रेसका युवा नेता गगन थापा अध्ययनका लागि अमेरिकामा

बिआरटीनेपाल २०७५ चैत १२ गते ९:३८ मा प्रकाशित

नेपाली कांग्रेसका युवा नेता गगन थापा अध्ययनका लागि अमेरिका जानुभएको छ । उहाँ दुई साताका लागि अमेरिका जानु भएको बताइएको छ । हार्वड विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिनु भएका थापाको आवेदन विश्वविद्यालयले स्वीकृत गरेपछि उहाँ त्यसतर्फ लाग्नुभएको हो । नेता थापाले हार्वर्ड विश्वविद्यालयमा ‘ग्लोबल लिडरशीप एण्ड पब्लिक पोलिसी’ विषयमा अध्ययन गर्ने बताईएको छ ।

विश्वविद्यालयमा पढ्न आवेदन स्विकृत भएपछि २ सातामा सो अध्ययनको समयावधि सकिने नेता थापाले जानकारी दिनुभएको छ । उहाँलाई विश्वविद्यालयले अघिल्लो वर्षका लागि नै छात्रवृत्ति प्रदान गरेको थियो । तर, त्यस बेला नेपालमा भर्खरै निर्वाचन सकिएर नयाँ सरकार बन्ने तरखर भईरहेकाले उहाँ अमेरिका जानुभएको थिएन । २ साताको छोटो अवधिमै अध्ययन सकेर नेता थापा चैत ३० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया