चलचित्र विकास बोर्डका केशव भट्टराईले पदभार ग्रहण गर्नुभएको छ । अध्यक्ष पदमा केही दिन अगाडि मात्र नियुक्त हुनुभएका चलचित्र निर्माता तथा कलाकार केशव भट्टराइले आज पदभार ग्रहण गर्नुभएको हो ।। पदभार ग्रहण गरेपछि बोर्ड अध्यक्ष भट्टराइले चलचित्र क्षेत्रको हितका लागि सकेको काम गर्ने तर अहितमा कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफ्नो कार्यकालमा चलचित्र क्षेत्रका संघसंस्थामाथि हस्तक्षेपकारी नीति नरहने उहाँले बताउनुभयो ।
बोर्ड अध्यक्ष भट्टराईले आफूले सरकारलाई १६ बुँदामा महत्वकांक्षी योजना बुझाएको बताउँदै त्यसको बारेमा केही दिनमा जानकारी दिने पनि बताउनुभयो । उहाँले राष्ट्रिय चलचित्र नीति २०७१ लाई पारित गर्नका लागि आफूले प्रयास गर्ने पनि बताउनुभएको छ । बोर्ड अध्यक्ष भट्टराइको कार्यकाल २ बर्षको रहनेछ । उहाँको कार्यकालमा चलचित्र क्षेत्रमा धेरै सुधार हुने चलचित्रकर्मीहरुले अपेक्षा गरेका छन् ।