अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 04:29

चीनमा गुडिरहेको बसमा आगलागी, कम्तीमा २६ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ चैत ९ गते १०:१७ मा प्रकाशित

चीनको हुनान प्रान्तको एक राजमार्गमा गुँडिरहेको बसमा एकाएक आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा अन्य २८ जना घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनु्सार बसमा एकाएक आगलागी भएको थियो । पर्यटक सवार बसमा २ चालक र १ टुर गाइडसहित ५६ जना सवार रहेको चिनिया संचारमाध्यमहरुले जनाएका छन् । घाइतेमध्ये पाँचको अवस्था चिन्ताजनक रहको छ । उनीहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ । प्रहरीले गाडिका दुई चालकलाई हिरासतमा लिएर आगलागी हुनुको कारणबारे अनुसन्धान गरिहेको छ । चीनमा अधिकाशं चालकहरु ट्राफिक नियमलाई वेवास्ता गर्ने गर्छन् । यसले गर्दा त्यहाँ विभिन्न समयमा गम्भीर खालका यातायात दुर्घटना हुने गर्छन् ।

प्राप्त पछिल्लो रेकर्ड अनुसार सन् २०१५ मा चीनभरी ५८ हजार मानिसहरु सडक दुरघटनामा मारिएका थिए । यातायातसम्बन्धी भएका ९०५ मृत्यु ट्राफिक नियम उलघंनका कारण भएको एक वरिष्ठ यातायात अधिकारीले जानकारी दिएका छन् ।  अघिल्लो नोभेम्बरमा चोङकिङ नगरपालिकामा एक बस पुलबाट खस्दा १३ जनाको मृत्यु भएको थियो । बसमा जडान गरेको सिसिटिभी फुटेजमा दुर्घटना हुनु ठीक अघि ड्राइभर र एक यात्रु मुक्कामुक्की गरेको देखिएको थियो । आफूले भनेको ठाँउमा नरोकिदिएको भनेर यात्रुले चालकलाई मुक्का हानेपछि चालकले स्टेरिङ छाडेर यात्रुतर्फ फर्केर मुक्का फर्केको र लगतै गाडी पुलको साइडबारमा ठोकिएको देखिन्छ ।

त्यस्तै फेब्रअरीमा सांघाईमा ग्यास सिलिण्डर र पेट्रोलको बोटल लिएर हिँडेको एक भ्यानमा आगो लाग्दा कार छेउमा हिडिरहेका पैदलयात्रुहरु तर्फ जोतिएको थियो । दुर्घटनामा १८ जना घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू