अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१७ | Colorodo: 06:32

सिमरास्थित हुलास स्टिल इन्डस्ट्रिजमा आगलागी,४० लाख रुपैयाँभन्दा बढीकोे क्षति

बिआरटीनेपाल २०७५ चैत २ गते ७:३२ मा प्रकाशित

बाराको सिमरास्थित हुलास स्टिल इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ । शनिबार मध्याह्न १२ बजेतिर हुलास स्टिलको कुलिङ टावरमा लागेको आगलागीबाट ४० लाख रुपैयाँभन्दा बढीकोे क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

आगो सल्किरहेको अवस्थामा कर्मचारी त्यहाँ पुगेको बताइएको छ । नेपाल आयल निगम अमलेखगन्ज र जीतपुर–सिमरा उपमहानगरपालिकाको बारुणयन्त्रको सहायतामा करिब ४० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू