अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३ | Colorodo: 20:38

गण्डकी प्रदेशले होमस्टेलाइ प्रवर्द्धन गर्ने

बिआरटीनेपाल २०७५ फागुन २४ गते ८:४९ मा प्रकाशित

गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि होमस्टे अर्थात् घरबास कार्यक्रमलाई सँगै अगाडि बढाउने भएको छ । जस अन्तर्गत पहिलो चरणमा प्रदेशका १ सय ९० सामुदायिक होमस्टेलाई प्रवर्द्धन गर्न आर्थिक सहयोग गर्न लागिएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमका वीच होमस्टेलाइ सम्झौतापत्र हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक समृद्धिका लागि घरबास (होमस्टे)कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । गण्डकी प्रदेश पर्यटकीय हिसावले धनी भएकाले यसै मार्फत् गरिवी न्युनीकरण गर्ने उहाँको भनाई थियो । मुख्यमन्त्री गुरुङले ५ बर्ष्भित्र १४ प्रतिशत रहेको गरिवीलाई ७ प्रतिशतमा र १२ बर्षभित्र २ प्रतिशतमा झार्ने योजनामा प्रदेश सरकार रहेको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले भाषणले भन्दा पनि काम गरेर समृद्धि हाँसिल गर्न सकिने बताउनुभयो । उहाँले यसअघि धेरै भाषण भइसकेको भन्दै पर्यटकीय संभावनालाई उपयोग गर्नुपर्ने बताउनुभयो । नेपालको अवस्था सुनको थाल लिएर माग्न बसेजस्तो भएको भन्दै अव विकास र समृद्धिमा दृढ भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

होमस्टेलाई आवश्यक पुर्वाधार निर्माणका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । आर्थिक वर्ष ०७५ ७६ मा प्रदेशभित्र ३ सय सामुदायिक होमस्टे बनाउने लक्ष्य प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरको छ । सन २०१९लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरेको सरकारले पहिलो चरण १ सय ९० वटा होमस्टेसंग सम्झौता गरेको छ ।

आन्तरिक पर्यटन वर्ष २०१९ तथा होमस्टे प्रवद्र्धन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, सभामुख नेत्रनाथ अधिकारी लगायतले सम्झौता पत्र हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा यस प्रदेशका ११ जिल्लाका होमस्टे सञ्चालकहरुको सहभागीता रहेको छ ।

पहिलो चरणमा पुर्वाधार निर्माणको लागि अनुदान रकमको ४० प्रतिशत होमस्टेको खातामा रकम जम्मा गरि सकिएको मन्त्रालयले जनाएको छ । वि.स. २०५४ साल असोजमा नेपालमै पहिलो पटक स्याङजाको शिरुवारीबाट होमस्टेको शुरुवात भएको हो ।

मन्त्रालयका सचिव वावुराम भण्डारीले प्रदेश सरकारले हामेस्टे सञ्चालन कार्यबिधी , होमस्टे पुर्वाधार ब्यवस्थावपन गर्न पुँजीगत अनुदान,पर्यट विकास पुर्वाधार ब्यवस्थापनलागि ३० करोड बजेट विनियोजन र होमस्टे सञ्चालकलाई एक हप्ते आधाभूत तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

मन्त्रलायलका शाखा अधिकृत तुल्सीराम शर्माले गण्डकी प्रदेशले ११ वटा जिल्लामा ११० वटा मुख्य पर्यटन गन्तब्यस्थल र अन्य पर्यटकीय गन्तव्यस्थलहरुको जानकारी गराउनुभएको थियो । म्याग्दीमा ४, स्याङजामा ४२, तनहुँमा ३३, पर्वत ४२ गोर्खा ९, मुस्ताङ ३, लमजुङ १४, नवलपुरमा ६, मनाङ २ होमस्टे पूँजीगत अनुदानका लागि सम्झौता गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू