विश्वका अर्व पतिमध्ये नेपालका एकमात्र विनोद चौधरीले एक वर्षमै २० अर्ब भन्दा बढी सम्पत्ति आर्जन गर्न सफल हुनुभएको छ । अमेरिकी म्यगेजिन फोब्र्स ले सार्वजनिक गरेको सन् २०१९ को अर्वपतिको सूचीमा चौधरी १३४९ औं स्थानमा रहनुका साथै सो परिमाणमा सम्पत्ति आर्जन गर्न सफल भएको देखिएको हो । चौधरी यसवर्ष मात्रै गत वर्षभन्दा २१२ स्थान माथि उक्लिन सफल हुनुभएको हो । फोब्र्स को अर्वपतिको सूचीमा गत वर्ष उहाँ १५६१ औं स्थानमा रहनुभएको थियो ।
फोब्र्सले यसवर्ष २ हजार १५३ डलर अर्बपति पहिचान गरेको छ । चौधरीले २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थप्नुभएको छ । उक्त रकम बुधबारको विनिमय दर अनुसार २२ अर्ब ६१ करोड ८० लाख हुन्छ । चौधरीसँग हाल १ खर्ब ९० अर्ब भन्दा बढीको सम्पत्ति रहेको फोब्र्स ले जनाएको छ । गत वषै चौधरीको सम्पत्ति १ खर्ब ७० अर्ब बराबरको रहेको थियो ।
बिनोद चौधरी ग्रुपको प्रमुख हुनुहुन्छ । यो समूहले नेपालमा नबिल बैंक चलाउँछ । यसै मार्फत समेत खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालनमा छन् भने विद्युत, व्यापार र होटल क्षेत्रमा समेत चौधरीको लगानी रहेको छ । चौधरीको सीजी फुडले उत्पादन गर्ने वाइवाइ चाउचाउ क्षेत्रीय बजारमा समेत चर्चित छ । भारत, सर्विया, बंगलादेश र साउदी अरेबियामा समेत यो चाउचाउको उत्पादन प्लान्ट छ । चौधरी समूहसँग २९ वटा होटल छन् ।