अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 07:52

सिरियामा विद्रोही समूहको आक्रमणमा परी २० सैनिकको मृत्यु

बिआरटीनेपाल २०७५ फागुन २० गते १:३६ मा प्रकाशित

सिरियामा बिद्रोहीले सुरक्षा फौजमाथि गरेको आक्रमणमा कम्तिमा २० सैनिकको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । सिरियाली विद्रोही समूहको प्रभाव रहेको हामा क्षेत्रमा सुरक्षार्थ खटिएका फौजमाथि भएको आक्रमणमा उनीहरु मारिएका हुन् ।

सेनाले गस्ती गरिरहेको बेला विद्रोही समूहले धावा बोल्दा दुई समूहबीच झडपसमेत भएको थियो । सोही क्रममा पाँच जना ५ जना  विद्रोहीको पनि मृत्यु भएको हामाको ग्रामिण इलाकाबाट युद्ध अनुगमन अधिकारीलाई उद्धृत गर्दै सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

बेलायतस्थित मानव अधिकारवादी उक्त समूहका अनुसार विद्रोहीले सेनाविरूद्धको आक्रमणपछि सेनाको हतियार लुटेर उक्तस्थानबाट भागेका छन् । झडप भएको क्षेत्र गत बर्ष रूस र टर्कीको पहलमा शान्ति क्षेत्र घोषणा गरिएको इलाका हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू