अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३०
| Colorodo: 02:45
नेपाली मौलिक बाजा पञ्चेबाजाको विवाह तथा शुभ कार्यमा निकै प्रचलनमा आइरहेको छ । लोक संस्कृतिको संरक्षण गदै आइरहेको सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा दिवान किनारको शब्द तथा लय सिर्जनामा समेटिएको ‘इयाई पारुम है माया ’ गीतको भिडियो बजारमा आएको हो । ‘इयाई पारुम है माया ’ गीतमा गायक तुलसी नारायण श्रेष्ठ र गायिका डोलमाया गुरुङको आवाज रहेको छ ।
गीतलाई सर्वोकृष्ट रूपमा तयार परिएको छ । गीतमा प्रेमी र प्रेमिका बिचको मायाको जुहारीलाई गीतमा समेटिएको छ ।महेश महराको छायाङ्कन , चेतन सागरको छायाङ्कन ,नवीन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘इयाई पारुम है माया ’ एन गौतम , पुनम गुरुङ नन्दा , स्मृति खवास र गिरी भाइको अभिनय रहेको छ ।
‘इयाई पारुम है माया ’ गीतको भिडियो हेर्नुहोस् ।