अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 04:17

बेल्ट एन्ड रोड इनिसिएटिभले नेपालको विकासमा महत्वपूर्ण योगदान पुग्छ – प्रचण्ड

बिआरटीनेपाल २०७५ फागुन १४ गते ८:१८ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीन सरकारले शुरु गरेको बेल्ट एन्ड रोड इनिसिएटिभले नेपालको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभका बिषयमा मंगलबार ललितपुरमा आयोजना भएको एक कार्यक्रममा प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङले लिएको विकासको अग्रसरताले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

आफू दोस्रोपटक प्रधानमन्त्री भएको बेला बेल्ट एन्ड रोड इनिसिएटिभमा हस्ताक्षर गरेको र त्यसले आफूलाई खुसी र गर्व महसुस भइरहेको उहाको भनाई थियो । अध्यक्ष प्रचण्डले उक्त योजना नेपाल र यो क्षेत्रको शान्ति, विकास र स्थिरताका लागि चीनका राष्ट्रपतिले लिएको दूरगामी महत्वको योजना भएको धारणा राख्नुभयो ।

प्रचण्डले अबको विकास कनेक्टिभिटीबाट मात्रै सम्भव भएको पनि बताउनुभयो । उहाले मुलुकमा दुई तिहाईको स्थायी सरकार भएको र शान्ति प्रक्रियालाई मौलिक ढंगबाट सफलतापूर्वक सम्पन्न गरेकाले अब विकासको युग शुरु भएको जिकिर गर्नुभएको छ । कार्यक्रममा नेपालका लागी चिनिया राजदूत होउ यानछीले नेपाल र चीनको सम्बन्धको चर्चा गर्दे नेपालको बिकासमा चीनले सदैव सहयोग गर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू