अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६ | Colorodo: 01:31

आईसीसी महिला विश्वकप क्रिकेट– पाँचौं खेलमा चीनपनि पराजित

बिआरटीनेपाल २०७५ फागुन १३ गते ८:३० मा प्रकाशित

थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको पाँचौ खेलमा नेपालले चीनलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले चीनलाई ५ रनले हराएको हो । थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको ७८ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको चीनले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ७२ रन बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनाएको थियो । चीनमाथिको जित छनोटमा नेपालको चौथो जित हो । जितसंगै नेपालले ५ खेलबाट बाट ८ अंक जोडे छ । यो संगै नेपालले छनोटको शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम राखेको छ । नेपाल तेस्रो स्थानमा समेत उक्लिएको छ । अब नेपालले कुवेतसंग बुधबार खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू