अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१
| Colorodo: 03:56
उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि भियतनाम–चीनको सीमावर्ती सहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनकोे सुरक्षार्थ सर्वसाधारणका लागि निश्चित क्षेत्रहरुमा रेलसेवा समेत बन्द गरिएको छ ।
किम आउने रेलमार्ग तथा रेल स्टेशनमा विशेष सुरक्षा व्यवस्था गरिएको र ती क्षेत्रलाई सेनाहरुले कडा सुरक्षा दिईरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । किम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम जानुभएको हो । नेता किम र राष्ट्रपति ट्रम्पसँगको यो दोस्रो पटकको भेटवार्ता भएको अधिकारीहरुले बताएका छन् ।