त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरी सेमिफाईनलमा स्थान पक्का गरेको हो ।
‘बाइ’ पाएर सीधै क्वार्टरफाइनल खेल्ने मौका पाएको आर्मी खेलको २७ औं मिनेटमा हिमालयनका गोहा प्याट्रिकले गोल गरेपछि १–० ले पछि परेको थियो । त्यसपछि हिमालयन शेर्पा सुस्ताउँदा आर्मीले अन्तिम २० मिनेटमा ३ गोल गर्यो । खेलको ७१ औं मिनेटमा नवयुग श्रेष्ठले बराबरी गोल गरेका थिए ।
त्यसको ८ मिनेटमै नवयुगले अर्को गोल थप्दै अग्रता दिलाए । इन्जुरी समयमा जर्जप्रिन्स कार्कीले गोल गर्दैै आर्मीलाई ३–१ को जित दिलाएंसंगै हिमालयन शेर्पा पराजित भयो । खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नवयुगले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।