अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 03:43

उत्तर कोरियाली नेता किम ट्रम्पसँग वार्ताका लागि भियतनाम जाँदै

बिआरटीनेपाल २०७५ फागुन ११ गते ८:४५ मा प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताको लागि भियतनाम जाने तयारीमा रहनुभएको छ । शनिबार उहाँले भ्रमण गर्ने भन्दै औपचारिक रुपमा घोषणा भएको हो । भियतनामको हनोइमा किम र ट्रम्पबीच यही फेब्रअरी २७ र २८ मा वार्ता हुने छ ।

यसका लागि किमलाई भियतनामका राष्ट्रपति तथा कम्युनिष्ट नेता न्गयुएन फु ट्रोङ्गले आधिकारिक निमन्त्रणा पठाउनुभएको थियो । भ्रमणबारे अरु विस्तृत जानकारी भने दिइएको छैन । सरकारले सार्वजनिक गरेको सूचनामा किमको भ्रमणको समय तालिका सार्वजनिक गरिएको छैन । एएफपी न्युज एजेन्सीले भने स्रोतको हवाला दिँदै यही फेब्रअरी २५ वा २६ मा भियतनाम आइपुग्ने उल्लेख गरेको छ ।

किम र ट्रम्प भने आगामी २७ र २८ फेब्रअरी भेटवार्ता गर्ने तालिका छ । किम र ट्रम्पको दोस्रो पटकको यस वार्तालाई विशेष महत्वका साथ हेरिएको छ । उहाँहरुबीच पहिलो वार्तामा भएका सम्झौता लगायत विषयमा यसपटक वार्ता हुने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू