अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 01:25

भारतको आसाममा विषाक्त मदिराका कारण मृत्यु हुनेको मजदुरको संख्या ६९ पुग्यो

बिआरटीनेपाल २०७५ फागुन ११ गते ८:४३ मा प्रकाशित

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । अन्य २०० जना विरामी भएर अस्पतालमा रहेका अधिकारीहरुले शनिबार जनाएका छन् । मृत्यु भएका र विरामी भएका सवै जना मजदुर रहेको बताइएको छ ।

यो बाहेक भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ता भित्रमा विषाक्त मदिराका कारण झण्डै १ सय जनाको मृत्यु भएको छ । छिमेकी जिल्ला जोर्हाटमा विषाक्त मदिरा सेवनका कारण १९ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

देशको उत्तरपूर्वी राज्य आसाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । मृत्यु भएका र विरामी भएका मध्ये धेरै जना महिला रहेका छन् । आसामका मुख्य मन्त्री सर्वानन्द सोनोवालले घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिनुभएको छ । प्रदेश प्रहरीले घटनामा दोषी भएको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । भारतमा विषाक्त मदिरा सेवनका कारण हरेक बर्ष सयौंको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू