अस्ट्रेलियन सरकारले एआएबीटी कलेजको दर्ता खारेज गरेको छ । हजारौं नेपाली विद्यार्थीहरू अस्ट्रेलिया आएर शैक्षिक अन्यौलमा परेको समाचार सार्वजनिक भएसँगै त्यहाँको सरकारले एआएबीटी कलेजको दर्ता खारेज गरेको हो ।
अष्ट्रेलियामा डिप्लोमा अफ नर्सिङ पढ्न आएका विद्यार्थीहरू कलेज र एजेन्टको गलत रबैयाका कारण अन्यौलमा पर्दै आएसंगै पछिल्लोपटक कलेजनै खारेजीमा परेको हो । विद्यार्थीको अन्तर्रा्ष्ट्रिय संगठन (सीसा), सम्बन्धित निकाय तथा अष्ट्रेलिया दूतावारमा समेत यो विषयले प्रवेश पाए पछि अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटी (अस्क्वा) ले मंगलबार साँझ कलेजको दर्ता खोरेजी गर्ने निर्णय गरेको हो।
बैदेशिक अध्ययनको नाममा होडबाजी गर्दै अध्ययन गर्ने निकाय र विषयमा स्पष्ट नहुँदा एआइबीटी कलेजमा अध्ययन गर्ने १ हजार नेपाली विद्यार्थी गलत रबैयाको शिकार भएका थिए । २४ महिने डिप्लोमा अफ नर्सिङ कोर्स पढ्न आएका नेपाली विद्यार्थी डेढ वर्ष पढेपछि कलेजले नर्सिङको सम्वन्धन नपाउने भएपछि आत्तिएका थिए । अहिले करिब ४० हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्यनरत छन् । कलेजको खारेजीपछि त्यहाँ अध्यनरत हजारौ बिध्यार्थीको भबिष्य के हुने भन्ने विषय अन्यौलमा रहेको छ ।