अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 21:11

आन्दोलनको विकल्प छैन – तरुण दल

बिआरटीनेपाल २०७५ फागुन ७ गते ८:३१ मा प्रकाशित

नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दलले वर्तमान सरकाविरुद्ध आन्दोलनको विकल्प नरहेको बताएको छ । ६९औं प्रजातन्त्र दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उसले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनीदिएको हो ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको ‘तरुण र वर्तमान राजनीति’ विषयक अन्तक्रियामा सहभागीहरुले सरकार लोकतान्त्रिक मूल्य–मान्यताविपरीत चलेको आरोप लगाउँदै सरकारका गैरप्रजातान्त्रिक कदमको प्रतिवाद गर्न आन्दोलनको विकल्प नरहेको जिकिर गरेका हुन् ।

प्रजातन्त्रलाई दीगो बनाउन युवाहरुले विशेष भूमिका खेल्नुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले सरकारका गैरप्रजातान्त्रिक क्रियाकलापविरुद्ध पहिलो चरणको आन्दोलन सकिएको भन्दै अब छिट्टै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू