अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 07:26

कञ्चनपुरको पुर्नवासबाट जमिनमुनि गाडिएको अवस्थामा १८ किलो सुन बरामद

बिआरटीनेपाल २०७५ फागुन २ गते ८:२६ मा प्रकाशित

कञ्चनपुरको पुर्नवास २ दशरथ बस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । काठमाडांैबाट खटेको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको संयुक्त टोलीले खानतलासीको क्रममा सुन बरामद गरेको हो ।

पुर्नवास २ दशरथ बस्ती स्थित शंकर बिकको घरबाट सुनका १ सय ८ वटा सिक्का बरामद गरेको पुनर्वास २ का वडाध्यक्ष सन्त कुमार चौधरीले जानकारी दिनुभयो । बरामद गरिएको सुन प्रहरीले आवश्यक छानविनका लागि नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको छ ।

सुनसँगै दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको बारेमा भने खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय