अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३
| Colorodo: 01:48
सिन्सिन्याटी (ओहायो) । नेपाली वर्णमालाको पोस्टर सरस्वती पूजाका दिन (शनिवार) यहाँ सार्वजनिक गरिएको छ । भुटानी समुदायको आफ्नो स्थानीय संस्था भूट्निज कम्युनिटी अफ सिन्सिन्याटी (बिसिसी) ले यहाँ सञ्चालित नेपाली कक्षामा वितरण गर्दै सार्वजनिक गरिएको हो ।
उक्त पोस्टर खगेन्द्र भण्डारी जन्तरेले तयार पारेका हुन् भने जन्तरे प्रकाशनले बजारमा ल्याएको हो । यसमा नेपाली, अङ्ग्रेजी, र साङ्केतिक भाषासमेत राखिएको छ । उक्त प्रकाशनको यो पहिलो प्रस्तुति हो ।
अहिले यो पोस्टर सिन्सिन्याटीमा उपलब्ध छ । विभिन्न राज्य र सहरहरूमा चाँडै नै उपलब्ध हुने प्रकाशनले जनाएको छ । २० प्रतिसम्मको अर्डर आएमा हुलाकबाट पठाइने पनि प्रकाशनले बताएको छ ।
यसअघि नेपाली-भाषी भुटानी खिम खतिवडाले तयार पारेका हाम्रो नेपाली भाषा भाग १ र भाग २ बजारमा उपलब्ध छन् ।