अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

पश्चिमी वायुको प्रभावले मुलुकको पश्चिम र मध्य भेगमा वर्षा

बिआरटीनेपाल २०७५ माघ २४ गते ३:२४ मा प्रकाशित

पश्चिमी वायुको प्रभावले देशका पश्चिम र मध्य भेगमा वर्षा भइरहेको छ । तराईको तुलनामा पहाडी भेगमा ठूलो बर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभाव क्रमशः पूर्वतर्पm सर्दै गएकाले आज अपराह्नसम्म पूर्वी क्षेत्रमा पनि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बर्षासंगै मुलुकभरको मौसम बदली भएको छ । उच्च पहाडी भागमा भारी हिमपात र वर्षासँगै पहिरो जाने खतरा रहेको भन्दै बाढी पूर्वानुमान शाखाले सतर्क रहन सूचना पनि जारी गरेको छ । पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली बुधबारबाट नेपाल प्रवेश गरेको हो ।

शनिबारसम्म देशभर वर्षा र हिमपात हुने मौसमविद्हरुले बताएका छन् । जनवरी महिनामा औसत वर्षा १४ दशमलव ४ मिलिमिटर हो । तर यस वर्ष औसतभन्दा बढी पानी परिसकेको छ । गत वर्षको जनवरी महिनाको तुलनामा यस वर्ष तीन गुणा बढी पानी परेको मौसम विज्ञान विभागको रेकर्ड छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय