अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

उच्च पहाडी भागमा भारी हिमपात र बर्षा हुने, सतर्क रहन आग्रह

बिआरटीनेपाल २०७५ माघ २३ गते ३:०९ मा प्रकाशित

पश्चिमी वायुको प्रभावले उच्च पहाडी भागमा भारी हिमपात र बर्षासँगै पहिरो जाने खतरा रहेको भन्दै बाढी पूर्वानुमान शाखाले सतर्क रहन सूचना जारी गरेको छ । बाढी पूर्वानुमान शाखाले आज एक सूचना जारी गर्दै उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो बर्षा हुन सक्ने भएकाले हिमपहिरो र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ ।

पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली बुधबारबाट नेपाल प्रवेश गरेकाले आज बिहानैबाट पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । आज दिउँसोदेखि नै यो बादल मध्य र पूर्वतर्फ सर्न थालेको छ । साँझसम्म यसले नेपालको मध्य भाग पनि ढाकिसकेको हुनेछ । यो बादल पूर्वी नेपाल हुँदै नबाहिरिएसम्म मौसममा गडबडी जारी रहन्छ ।

बिहीबारदेखि शनिबारसम्म देशभर वर्षा र हिमपात हुने मौसमविद्हरुले बताएका छन् । जनवरी महिनामा औसत वर्षा १४ दशमलव ४ मिलिमिटर हो । तर यस वर्ष औसतभन्दा बढी पानी परिसकेको छ । गत वर्षको जनवरी महिनाको तुलनामा यस वर्ष तीन गुणा बढी पानी परेको मौसम विज्ञान विभागको रेकर्ड छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय