अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 19:22

अफगानिस्तानको कुन्दुजमा भीषण झडप, १० सैनिकको मृत्यु

बिआरटीनेपाल २०७५ माघ २२ गते ४:४६ मा प्रकाशित

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सोमबार तालिबान लडाकू र सेनाबीच रातभर भएको भीषण झडपमा परी कम्तीमा १० अफगान सैनिकको मृत्यु भएको छ । उक्त झडपमा आठ जना तालिबान लडाकू पनि मारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज शहरको उत्तरतर्फको इलाकामा झडप भएको थियो ।

भिडन्तमा पाँच सैनिक र कैयौँ आतङ्ककारी मारिएको सरकारी समाचार स्रोतले नाम नबताउने शर्तमा जानकारी दिएको छ । प्रान्तीय परिषदका एक अधिकारी युसुफ अयुबीले यस घटनाको पुष्टि गरेका छन् ।

सन् २०१४ को अन्त्यमा ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै नेटोआवद्ध सैनिकहरु अफगानिस्तानमा प्रत्यक्ष सहभागी हुन छोडेपछि त्यहाँ सुरक्षाकर्मीको हताहतीको सङ्ख्यामा बृद्धि भएको पाइन्छ । अफगान सेनाले देशभर जारी राखेको कारबाहीको क्रममा तालिबान, इस्लामिक स्टेट्सलगायतका लडाकूहरु हताहत भएका र उनीहरुले कब्जामा लिएका कैयौं स्थानहरु भने अफगान सरकारको नियन्त्रणमा आइसकेको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू