अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 22:41

एकदिवसीय र ट्वान्टी- २० अन्तर्राष्ट्रिय शृंखला जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

बिआरटीनेपाल २०७५ माघ २१ गते ५:२७ मा प्रकाशित

संयुक्त अरब इमिरेट्ससँगको एकदिवसीय र ट्वान्टी–२० अन्तर्रा्ष्ट्रिय शृङ्खलामा जीत हात पारेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमवार स्वदेश फर्किएको छ । पहिलोपटक नेपालले एकदिवसीय र ट्वान्टी–२० अन्तर्रा्ष्ट्रिय शृङ्खला जितेको थियो । माघ ११ देखि २० गतेसम्म यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोली सोमबार अपरान्ह त्रिभुवन विमानस्थल झरेको थियो । खेलाडीको स्वागतको लागि निस्कने बाटोमा रातो कार्पेट बिछ्याइएको थियो ।

खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यहरुले स्वागत गरेका थिए । त्यसलगत्तै विमानस्थल परिसर निस्किएका खेलाडीलाई सैयौंको संख्यामा उपस्थित समर्थकले हुटिङ गरेर स्वागत गरेका थिए । उनीहरुले नेपाली क्रिकेट टिम हाइ हाइ… नेपाल नेपाल… यो जित कस्को? नेपालको भन्दै हुटिङ गरेका थिए ।

चारैतिरबाट भीडले घेरिएपछि खेलाडीलाई बससम्म र्पुयाउन प्रहरीलाई हम्मे हम्मे परेको थियो । नेपालले ३ खेलको एकदिवसीय र ट्वान्टी-२० अन्तर्रा्ष्ट्रिय शृङ्खला २–१ ले जितेको थियो ।नेपाली टोलीका लागि दुवै सिरिज ऐतिहासिक सिरिज हो । नेपालले पहिलो पटक एकदिवसीय र टी-ट्वान्टी सिरिज जितेको थियो । आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले युएईविरुद्ध दोस्रो एकदिवसीय सिरिज खेलेको हो । यस्तै नेपालले दुई खेलको टी-ट्वान्टी सिरिजपछि पहिलो पटक टी-ट्वान्टी सिरिज जित्न सफल भएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू