अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५
| Colorodo: 02:20
बुध्द एयरले बुधबार भद्रपुरमा रात्रिकालिन विमान उडानको सफलतापूर्वक परीक्षण गरेको छ। भद्रपुर विमानस्थलमा जडान गरिएको आरएनएभीको सहायताले ‘लो भिजिबिलिटी’ र हाल जडान गरिएको रनवे लाइटले अब रात्रिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिने बुद्ध एयरले जनाएको छ। यो प्रविधि संसारभरि प्रचलित र सुरक्षित हो।
यसअघि ‘लो भिजिबिलिटी’ र सूर्यास्तपश्चात् उडान रद्द गर्नुपर्थ्यो। अहिले भद्रपुरमा बुद्धका नियमित दुई उडान सञ्चालनमा छ। १० फेब्रुअरी बाट रात्रीकालिन उडानसँगै दैनिक तीन उडान सञ्चालन हुनेछ। गत वर्ष खराब मौसम र ‘लो भिजिबिलिटी’ का कारण दर्जनौँ उडान रद्द भएका थिए। आरएनएभी प्रविधि जनकपुर एयरपोर्टमा पनि बुध्द एयर तथा प्राधिकरणको सहकार्यमा सम्पन्न हुने अवस्थामा रहेको बुद्ध एयरले जानकारी दिएको छ।