पोखरामा जारी मनकामना केबलकार पोखरा कपमा क्यामरुनको डफिन्स टिम फेमेलीले बिजयी शुरुवात गरेको छ । वधवार सम्पन्न खेलमा क्यामरुनको डफिन्स टीमले च्यासल युथ क्लवबिरुद्ध १–० को कठीन जित निकाल्दै सुखद शुरुवात गरेको हो । क्यामरुनका लागि प्रिसोले निर्णायक गोल गरेका हुन् ।
फ्रेञ्चाइजी लिग खेल्ने उद्धेश्यले नेपाल आएको क्यामरुनको डफिन्स टीम फेमेलीको यो पहिलो जित हो । यसअघी खप्तड गोल्डकप र ईटहरीमा भइरहेको मदन मेमोरियल गोल्डकपमा पहिलो खेलबाटै पराजित क्यामरुन पोखरामा भने जित निकाल्न सफल भएको हो ।
प्रतियोगिता अन्तर्गत विहीबारको खेल स्थगित भएको छ । आयोजक पोखरा ११ सँग खेल्ने ब्रिगेड ब्याइज क्लव इटहरीमा भइरहेको मदन मेमोरियल गोल्डकपका लागि बस्नु पर्ने भएकाले विहीबारको खेल शुक्रबारलाई सारिएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता माघ २६ गतेसम्म संचालन हुनेछ ।