अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५३ | Colorodo: 14:08

भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नान्डिजको निधन

बिआरटीनेपाल २०७५ माघ १५ गते ९:०४ मा प्रकाशित

भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नान्डिजको निधन भएको छ । ८८ वर्षीय फर्नान्डिजको नयाँदिल्लीस्थित एक अस्पतालमा आज निधन भएको हो । फ्लूबाट संक्रमित फर्नान्डिजक केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । तर उहाँको अवस्था सुधार भइरहेका बेला अकस्मात आज बिहान स्वास्थ्य बिग्रिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

राष्ट्रियस्तरमा उहाँको चर्चा सन् १९६७ मा पहिलो पटक भएको थियो । बम्बईबाट लोकसभाको सदस्यमा निर्वा्चित हुँदा फर्नान्डिजले कंग्रेसका प्रभावशाली नेता एसके पाटिललाई पराजित गर्नुभएको थियो । उहाँ सन् १९९८ देखि २००४ सम्म भारतको रक्षामन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू