अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 13:55

निप्पोन एअरवेजले ४८ थान विमान खरिद गर्ने

बिआरटीनेपाल २०७५ माघ १५ गते ८:३५ मा प्रकाशित

जापानको अल निप्पोन एअरवेज (एएनए)ले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एअरबस कम्पनीबाट ४८ थान नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ । एएनए होल्डिङ्सले मंगलबार जारी गरेको विज्ञप्तिमा बोइङ कम्पनीका ७३७ ‘म्याक्स ८ सिरिज’का ३० थान र एअरबस कम्पनीका ‘ए ३२० नियो सिरिज’का १८ थान विमान खरिद गरिने उल्लेख छ ।

जापानभित्रै र क्षेत्रीयस्तरमा एएनएको सेवाप्रति उपभोक्ताले निकै अभिरुचि देखाएका कारण विमान थप्नुपरेको विज्ञप्तिमा जनाइएको छ । कम्पनीकाअनुसार ३० वटा बोइङ जहाजको तीन अर्ब ५० करोड डलर (३८३ अर्ब जापानी येन) पर्नेछ भने एअरबसको मूल्य १६६ अर्ब जापानी येन पर्नेछ ।

बोइङको नयाँ मोडेलको विमान खरिद गर्ने एएनए पहिलो जापानी कम्पनी हो । एअरबस ए ३२० नियो सिरिजका विमान भने यसअघि नै एएनएको अन्तर्रा्ष्ट्रिय उडानमा प्रयोग भइरहेका छन् । कम्पनीले दुवै किसिमका नयाँ जहाजहरु इन्धन किफायती रहेको पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू