अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 15:22

अमेरिकाको लुजियानामा एक बन्दुकधारीद्वारा गोली प्रहार गरी ५ जनाको हत्या

बिआरटीनेपाल २०७५ माघ १३ गते ८:४० मा प्रकाशित

अमेरिकाको लुजियानामा एक बन्दुकधारीले गोली प्रहार गरेर पाँच जनाको हत्या गरेका छन् । लुजियानाका दुई स्थानमा भएको गोलीकाण्डमा आक्रमणकारीका अभिभावकसहित ५ जनाको मृत्यु भएको हो ।

लुजियानाको राजधानी बोटन रुजको दक्षिणी क्षेत्रमा २१ वर्षीय डकोटा थेरिओटले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । गोली प्रहारपछि थेरिओट भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

थेरिओटले आफ्ना आमाबुवा एलिजाबेथ र किथ थेरिओटमाथि पनि गोली प्रहार गरेका थिए । गोली लागेर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू