अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 19:42

रोहित पौडेलले तोडे सचिन तेन्दुलकर र साहिद अफ्रिदीको रेकर्ड

बिआरटीनेपाल २०७५ माघ १२ गते ८:२६ मा प्रकाशित

नेपाली युवा क्रिकेटर रोहित पौडेलले भारतका महान् क्रिकेटर सचिन तेन्दुलकर र पाकिस्तानका चर्चिक क्रिकेट खेलाडी साहिद अफ्रिदीको रेकर्ड तोड्नुभएको छ । रोहितले युएईविरुद्धको पहिलो एकदिवसीय सृंखलाको दोस्रो खेलमा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको रेकर्ड राख्नुभएको हो । रोहितले १६ वर्ष १४६ दिनको उमेरमा एकदिवसीय क्रिकेटमा अर्धशतक बनाउनुभएको हो ।

रोहितले ५८ बलमा ५४ रन बनाएर रेकर्ड प्रदर्शन गर्नुभएको हो । यो महत्वपूर्ण प्रदर्शनसँगै रोहित कम उमेरमा एकदिवसीय अर्धशतक बनाएर इतिहास राख्ने पुरुष खेलाडी बनेको इन्टरनेशनल क्रिकेट काउन्सिलले जनाएको छ । यसअघि कम उमेरमा टेस्टमा रेकर्ड बनाउने खेलाडी भारतीय क्रिकेटर सचिन तेन्दुलकर थिए । तेन्दुलकरले पाकिस्तानविरुद्ध १६ वर्ष २१३ दिनको उमेरमा ५९ रन बनाएर टेस्ट क्रिकेटमा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको रेकर्ड कायम गरेका थिए ।

एकदिवसीयमा यो रेकर्ड पाकिस्तानका चर्चित खेलाडी साहिद अफ्रिदीको नाममा थियो। अफ्रिदीले १६ वर्ष २१७ दिनको उमेरमा श्रीलंकाविरुद्ध शतक बनाएका थिए । उनले १०२ रन बनाएर रेकर्ड राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू