अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 20:54

लो स्कोरिङ खेलमा युएईद्धारा नेपाल ३ विकेटले पराजित

बिआरटीनेपाल २०७५ माघ ११ गते ९:०८ मा प्रकाशित

यूएईविरुद्ध पहिलो एकदिवसीय अन्तर्रा्ष्ट्रिय खेलमा नेपाल पराजित भएको छ । घरेलु टोलीले नेपालमाथी ३ विकेटको रोमाञ्चक जित निकालेको हो । नेपालले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य युएईले ३३ औं ओभरमा ७ विकेट गुमाउँदै भेटायो । आईसीसी ग्लोबल एकेडेमी मैदानमा कप्तान पारस खड्का र सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै यूएईको मध्यक्रमलाई ध्वस्त बनाएपछि नेपालले लो स्कोरिङ म्याचमा जित निकाल्ने तर्फ अग्रसर भएको देखिन्थ्यो । तर, आठौ विकेटका लागि अमिर हायात (२४) र इमरान हैदर (१८) ले ४४ रनको साझेदारी गरेपछि जित निकाल्न सफल भयो ।

युएईले सात विकेट ७३ रनमा गुमाएको थियो । उसको जितमा घुलाम शब्बेरले ३०, सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच, चिराग सुरीले चार र फाहाद नवाजले दुई रन बनाएर आउट भए । नेपालका लागि सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् । त्यस्तै, सोमपाल कामीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३.५ ओभरमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो । नेपालका लागि आरिफ शेख र सोमपाल कामीले केही राहात दिए । सोमपालले ३० रन बनाए भने आरिफले २५ रन बनाए ।

नेपालका कप्तान पारस खड्का २० रनमा आउट भएपछि नेपाल पूरै दबाबमा आएको थियो । त्यस्तै, नेपालका लागि विनोद भण्डारीले पाँच, पवन सर्राफले चार र करण केसीले तीन रन बनाए । युएईका लागि कप्तान मोहम्मद नाभिद र अमिर हायतले समान तीन/तीन विकेट लिए ।

२६ तारिखमा दोस्रो एक दिवसीय अन्तर्रा्ष्ट्रिय खेल खेल्ने नेपालले सिरिजको अन्तिम खेल जनवरी २८ तारिखमा खेल्नेछ । एक दिवसीय सिरिज खेलिसकेपछि नेपालले टी(ट्वान्टी अन्तर्रा्ष्ट्रिय सिरिज खेल्ने छ । नेपालले आफ्नो पहिलो टी(ट्वान्टी खेल जनवरी ३१ मा खेल्ने छ । त्यस्तै, दोस्रो फेब्रअरी एक र तीन फेब्रुअरीमा तेस्रो तथा अन्तिम टी(ट्वान्टी खेल खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू