अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 23:41

पोखरा–भद्रपुर हवाई सेवा विस्तार हुन्छ – पर्यटनमन्त्री अधिकारी

बिआरटीनेपाल २०७५ माघ ९ गते ८:३५ मा प्रकाशित

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विदेशी पर्यटन भित्र्याउन देशमा थप हवाई सेवा विस्तार गर्नुपर्ने बताउनुभएको छ । झापाको विर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले पर्यटन भित्र्याउन झापा ट्रान्जिट पोइन्ट रहेको बताउनुभयो । भद्रपुर विमानस्थलको सेवालाई थप विस्तार गर्न मन्त्रालय लागि परेको उहाको भनाई थियो ।

काठमाडौं–भद्रपुर–काठमाडौ हवाई सेवा प्रदान गर्दै आइरहेको भद्रपुर विमानस्थलबाट चाँडै पोखरा–भद्रपुर हवाई सेवा सञ्चालन गरिने मन्त्री अधिकारीले बताउनुभयो । भारतको दार्जि्लिङ, सिक्किम जाने विदेशी पर्यटकलाई इलाम वा ताप्लेजुङ पठाउन झापा नै ट्रान्जिट पोइन्ट मानिएको उल्लेख गर्दै मन्त्री अधिकारीले झापामा पर्यटकीय गन्तव्य क्षेत्रको पहिचान गरी त्यसअनुरुप विकास गर्न नसक्दा विदेशी पर्यटन भित्राउन नसकिईरहेको बताउनुभयो ।

अहिले सरकार पर्यटन भित्र्याउन अन्तर्रा्ष्ट्रियस्तरमा हवाई सेवा विस्तार गर्न लागिपरहेको उल्लेख गर्दै उहाँले नेपाल एयरलाइन्सको जहाजले केही देशमा अन्तर्रा्ष्ट्रिय हवाई सेवा सुरु गरेको र यस सेवालाई अन्य देशमा पनि थप विस्तारका लागि सरकार लागिपरेको बताउनुभयो ।

तर, नेपाल एयरलाइन्सको प्रभावकारी सेवाको विरुद्ध केही तत्व लागि परेको उहाँको आरोप छ । संसद अवरुद्धको प्रसंगमा बोल्दै मन्त्री अधिकारीले संसद अवरुद्ध गर्नु लोकतन्त्र अवरुद्ध गर्नु रहेको र प्रक्रिया र पद्धतिहरुलाई अवरुद्ध गरिएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू