अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२४ | Colorodo: 20:39

एन्फा निर्वाचनमा भएको अनियमितता छानबिन गर्न समिति गठन

बिआरटीनेपाल २०७५ माघ ८ गते ८:३८ मा प्रकाशित

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा भएको आर्थिक अनियमितताका विषयमा छानबिन गर्न ३ सदस्यीय समित गठन गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सहसचिव अणप्रसाद न्यौपानेको अध्यक्षतमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा मन्त्रालयका उपसचिव समन्तमणि आचार्य र राष्ट्रिय खेलकुद पपिरषद्को संघ संस्था विभाग प्रमुख डेमबहादुर बस्नेत रहनुभएको छ ।

छानबिन समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले चार जिल्ला फुटबल संघले गरेको उजुरीमा मन्त्रालयले छानबिन समिति गठन गरेको जानकारी दिनुभयो । गत वैशाखमा एन्फाको निर्वाचनमा ब्यापक अनियमितता भएको चार जिल्ला फुटबल संघले दाबी गर्दै आएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले एन्फामा ब्यापक भ्रष्टाचार भएको भन्दै अडियो टेप नै सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू