अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३४ | Colorodo: 20:49

अस्ट्रेलियाका बाल मैत्री उत्पादनको प्रवर्द्धन गर्दै गायक अनिल सिंह

कृष्ण भट्टराई २०७५ माघ ३ गते ८:०७ मा प्रकाशित

काठमाडौँ– गायक अनिल सिंह साङ्गीतिक क्षेत्रमा मात्र सक्रिय छैनन्, सामाजिक तथा प्रवद्धनात्मक कार्यमा पनि उत्तिकै सक्रिय छन् । अस्ट्रेलियामा उत्पादन भएको नेचर्स वे ब्राण्डको प्रवद्धनात्मक दूतको रूपमा नियुक्त भएसँगै गायक सिंह ती उत्पादनको प्रवर्द्धनमा खटिएका छन् । 

काठमाडौँका लाजिम्पाटस्थित सिसम वल्र्ड मन्टेश्वरीमा आयोजित हेल्थ क्याम्पमा गायक सिंह नेचर्स वेका पाँचवटा बाल मैत्री उत्पादनसहित प्रस्तुत भए । बालबालिकाको स्वास्थ्यका लागि उपयोगी ती पाँचवटा ब्राण्डलाई नेपालको प्रतिष्ठित डाक्टर साथी फार्मेसीले नेपाल भित्राएको हो । बुधवार काठमाडौँमा आयोजित हेल्थ क्याम्पमा गायक सिंह सहित डाक्टर साथीका सन्तोष बर्तौलाले मन्टेश्वरीका बालबालिकामाझ ती उत्पादनहरू प्रदर्शन गरे । त्यसक्रममा गायक सिंहले बालबालिकाहरूलाई विभिन्न उपहारहरू समेत प्रदान गरे ।

कार्यक्रममा नेपाल भित्राइएका नेचर वेका उत्पादनहरू प्रोबायोटिक ड्रप्स, किड्स स्मार्ट बर्सलेट्स ओमेगा–३ फिस ओयल फ्रुटी, क्याल्सियम प्लस भिटामिन डिथ्री, भिटा गमिज आदि उत्पादनहरू छन् । यी उत्पादनहरू अस्ट्रेलियाका बालबालिकाहरूमाझ अत्यन्त लोकप्रिय छन् ।

अस्ट्रेलियाको गुणस्तरीय उत्पादन नेपाली बालबालिकाहरूले पनि प्रयोग गर्न पाउनु पर्छ भन्ने उदेश्यले आफू यो उत्पादनको प्रवद्धनमा सक्रिय भएको गायक सिंहले स्पष्ट पारेका छन् । डाक्टर साथीका बर्तौलाका अनुसार ती उत्पादनहरू अनलाइन सपिङमार्फत प्राप्त गर्न सकिनेछ । 

सम्बन्धित सामग्रीहरू