अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४०
| Colorodo: 03:55
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका–उत्तर कोरिया वार्ता चाँडै हुने बताउनुभएको छ । उहाँँले दुई देशबीचको वार्ताको सम्भावना अझै रहेको र चाँडै नै वार्ता हुनसक्ने जानकारी दिनुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत वर्षको जुनमा उच्चस्तरीय वार्ता भएको थियो । त्यस समयमै फेरि अर्काे वार्ता गर्ने सहमति भएको थियो ।
तर, सो वार्ताको मिति भने अहिलेसम्म तय भएको थिएन । पछिल्लो समाचारअनुसार उहाँहरुबीचको भेटका विषयमा उत्तर कोरियाली नेताको पत्र अमेरिकी राष्ट्रपति ट्रम्पले प्राप्त गरेको बताइएको छ । अर्काे वार्ताका लागि अमेरिकी राष्ट्रपतिलाई उत्तर कोरियाली शासक किमले मंगलबार पत्र पठाएको विदेशमन्त्री पोम्पेओले खुलासा गर्नुभएको छ ।