अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 06:56

नेपाल र अमेरिकावीच नयाँ भिसा नीति लागु हुदै

बिआरटीनेपाल २०७५ पुष १४ गते ८:२८ मा प्रकाशित

नेपाल सरकारले सन् २०१९ देखि लागु हुनेगरी नेपाल र अमेरिकावीच नयाँ भिसा नीति लागु गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद् बैठकवाट निर्णय भएअनुसार नेपाल आउने अमेरिकी नागरिकलाई नयाँ वर्ष देखि ५ वर्षे मल्टिपल भिसा प्रदान गरिने छ ।

नेपाल सरकारका संचार तथा सुचना प्रविधिमन्त्री गोकुल वास्कोटाका अनुसार नयाँ नीति बमोजिम अव पर्यटकको रुपमा नेपाल आउने कुनैपनि अमेरिकी नागरिकले एक बर्षमा वढीमा १ सय ८० दिनसम्म नेपाल रहन सक्नेछन् । अमेरिकी नागरिकले हाल १५ दिनको लागि २२ डलर, १ महिनाको लागि ४०, र ९० दिनको लागि १ सय डलर भिसा बापतको रकम वुझाउदै आएका छन् । यसवाहेक उनीहरुले प्रतिदिन नेपाल रहेबापत अतिरिक्त २ डलर सरकारलाई वुझाउनुपर्ने प्रावधान रहेको छ । आउँदो जनवरी १ ताखिदेखि लागु हुने नयाँ नियमअनुसार नेपाली तथा अमेरिकन दुवै नागरिकले ५ वर्षे भिसाको लागि समान १ सय ६० डलर तिर्नुपर्नेछ । अहिलेसम्म अमेरिका जाने नेपाली नागरिकहरुले ५ वर्षको लागि अमेरिकी भिसा वापत जम्मा १ सय डलर तिर्नुपर्ने थियो ।

अमेरिकी सरकारले विगत लामो समयदेखि दुवै देशवीच समान भिसा नीति लागु गर्नुपर्नेमा जोड दिंदै आएको थियो । मन्त्रीपरिषद्ले समान भिसा नीति लागु गर्न तथा अमेरिका अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुले तिर्दै आएको अतिरिक्त २ सय डलरलाई कटौति गर्न नेपाल स्थित अमेरिकी दूतावाससंग समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया