अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४८ | Colorodo: 08:03

इण्डोनेशियामा गएको सुनामीले छिनभरमै बगायो कन्सर्ट भइरहेको स्टेज र दर्शक ( भिडियो)

बिआरटीनेपाल २०७५ पुष ९ गते ८:५७ मा प्रकाशित

शनिबार इण्डोनेसियाको सुन्दा स्ट्रेटमा गएको सुनामीले समुन्द्री किनारमा प्रर्दशन गरिरहेको एक इण्डोनेशियन पप ब्याण्डलाई बगाएको छ ।  सुनामीको क्षतिको विवरण बताउन गरिएको एक भिडियो सन्देशमा सेभेन्टिन ब्याण्डका प्रमुख गायकले रुदैं आफ्ना ब्याण्डको म्यानेजर र बेस प्लेयरको मृत्यु भएको बताएका छन् ।

‘हाम्रो बेस प्लेयर वानी र म्यानेजर ओकी विजयाको मृत्यु भएको छ,’ रेइफियन फजार्सर्यले रुँदै भनेका छन् ।  फजार्सयका अनुसार उनकी श्रीमतीसहित ब्याण्डका अन्य तीन सदस्य भने हराइरहेका छन् । ‘कृपया एण्डी, हरमन र उजङ र मेरी श्रीमतीलाई भेटियोस भनेर प्रर्थना गरिदिनुस्,’

इन्स्टाग्राममा फजार्सयले उनी र उनकी हराइरहेकी श्रीमतीले पेरिसमा किस गरिरहेको एक फोटो हालेका छन् । फोटामा उनले ‘आज तिम्रो जन्म दिन हो, तिमी घर फर्किऊ भनेर म प्रर्थना गर्छु ।’ भनेर क्याप्सन राखेका छन् ।

व्याण्डका अरु सदस्य र उनी आफैंलाई भने सामान्य चोट लागेको र सबै सकुशल भएको फजार्सहले बताएका छन् ।  सुनामी आउँदा व्याण्ड आफ्नो प्रस्तुतिको दिइरहेको थियो । त्यो दिन सरकारी विद्युतीय कम्पनी पीएलएनद्वारा उक्त स्थानमा कन्सर्ट आयोजना भएको थियो ।

कन्सर्ट जारी रहँदा अचानक ठूलो छालले स्टेजलाई लडाएर पानी दर्शकतर्फ अघि बढेको दर्शक माझबाट खिचेको जस्तो देखिने एक भिडियोमा देखिन्छ ।   शनिबार राति इण्डोनेशियाका प्यान्देग्ल्याङ, सेरङ र साउथ ल्यामपुङमा सुनामी आएको थियो । अधिकारीहरुका अनुसार यस घटनामा कम्तिमा २८१ जना मानिसहरुको मृत्यु भएको छ भने सयौं गम्भिर घाइते भएका अथवा हराइरहेका छन् ।

इण्डोनेशियाका मौसम विज्ञान, जलवायु विज्ञान र भूगर्भ एजेन्सीले शनिबारको सुनामी समुन्द्र मुनि गएको ज्वालामुखीका कारण गएको दाबी गरेका छन् । उनीहरुले ज्वालामुखीपछि समुन्द्र मुनि गएको ठूलो पहिरोले सुनामी गएको हुनसक्ने बताएका छन् ।

पछिल्लो केही महिनामा इण्डोनेशियामा एकपछि अर्को प्राकृतिक प्रकोप देखिएको छ । सेप्टेम्बर २८ मा यहाँको सुलावेसी टापूमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पका कारण बलेरोआ र पेटोबो सहरमा जमिन नदीजसरी बग्दा एउटा बस्तीनै बगाएको थियो ।

भिडियो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू