अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 06:43

अमेरिकी सेयर बजारमा यो हप्ता दशककै ठूलो गिरावट

बिआरटीनेपाल २०७५ पुष ७ गते ८:२९ मा प्रकाशित

अमेरिकी सेयर बजारमा यो हप्ता दशककै ठूलो गिरावट आएको छ । चीनसँगको व्यापारिक सम्बन्धमा देखिएको तनाव, केन्द्रीय बैंकले ब्याजदरमा गरेको बृद्धि तथा सरकारी कामकाज ठप्प हुने सम्भावित कारणले गर्दा यो हप्ता सेयर बजारमा ठूलो गिरावट आएको हो ।

सबै बजारहरु न्यूनविन्दुमा पुगेर बन्द भएका छन् । प्रविधि क्षेत्रको सेयर मार्केट नासडाकमा यो हप्ता ८ दशमलव ३६ प्रतिशतले गिरावट आएको छ । यस्तै औद्योगिक क्षेत्रको सेयर बजार डाव जोन्समा यो हप्ता सन् २००८ यताकै ठूलो गिरावट आएको छ । डाव जोन्समा यो हप्ता ६ दशमलव ८ प्रतिशतको गिरावट आएको छ ।

यस्तै एस एण्ड पी ५०० शेयर मार्केटमा यो हप्ता ७ प्रतिशतले गिरावट आएको छ । यो सन् २०११ यताकै ठूलो मन्दी भएको बताइएको छ । सेयर बजारमा लगातारको बढोत्तरीपछि भएको गिरावटले औद्योगिक क्षेत्रको मुनाफामा कमी आउने सम्भावना रहेको विश्लेषकहरुले बताएका छन् । यस्तै अमेरिकाको आन्तरिक तथा बाह्य आर्थिक बृद्धिमा समेत यसले असर पर्ने बताइएको छ ।

प्रतिक्रिया