अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 06:45

अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दायर, कयौं प्रयोगकर्ताको सूचना चुहावट

बिआरटीनेपाल २०७५ पुष ५ गते ८:४८ मा प्रकाशित

अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दर्ता गरिएको छ । वासिङ्टनका प्रमुख अभियोजनकर्ताले क्याम्ब्रिज एनलिटिकासँग जोडिएको गोप्य सूचना चुहावट प्रकरणमा फेसबुकको भूमिका पाइएपछि मुद्दा दायर गरेका हुन् । फेसबुकले मुद्दाबारे अध्ययन गरिरहेको बताएको छ ।महान्यायाधीवक्ता कार्ल रासिनले दायर गरेको अभियोगमा फेसबुकविरुद्ध करोडौं प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोग गरेको उल्लेख छ ।

फेसबुकले माइक्रोसफ्टको सर्च इन्जिन ‘बिंग’लाई प्रयोगकर्ताका साथीहरुको नाम हेर्न दिएको र ‘अमेजन’लाई प्रयोगकर्ताको नाम खोज्न र प्रयोगकर्ताका साथीहरुका माध्यमबाट सम्पर्कसम्बन्धी जानकारी हासिल गर्ने अनुमति दिएको आरोप फेसबुकमाथि लागेको छ ।

अन्य केही कम्पनीसँग पनि फेसबुकले प्रयोगकर्ताको डाटा चुहाएको आरोप छ । प्रयोगकर्ताको डाटा लिनुअघि फेसबुक र ती कम्पनीले अनुमति नलिएको बताइएको छ ।

प्रतिक्रिया