अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

प्रहरीमाथि निरन्तर भईरहेको आक्रमणप्रति आइजीपी खनाल आक्रोशित

बिआरटीनेपाल २०७५ पुष ४ गते ३:५८ मा प्रकाशित

प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि नेपाल प्रहरीलाई साधन, स्रोतको अभाव रहेको खुलासा गर्नुभएको छ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन अझै नसकेको भन्दै प्रहरीको आलोचना भइरहेका बेला अपराध अनुसन्धानका लागि प्रविधिसहितका स्रोत, साधनको अभाव रहेको आइजीपी खनालले खुलासा गर्नुभएको हो ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले पर्याप्त स्रोत, साधानको व्यवस्थापनमा ध्यान दिएर मात्रै अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन राज्यका सबै निकायको ध्यानाकर्षण गराउनु भयो ।

आइजीपी खनालले अपराध नियन्त्रणको काममा प्रहरीलाई मात्रै औंला ठड्याउने काम भइरहेकोप्रति गुनासो र प्रतिवाद समेत गर्नुभएको छ । राज्यका सबै निकाय सचेत रहेमात्र अपराध अनुसन्धानको काम प्रभावकारी हुने बताउनुभयो।

अपराध नियन्त्रणको काममा प्रहरीलाई मात्रै औंला ठड्याउने काम भइरहेको छ, प्रहरीलाई मात्रै दोष लगाएर अपराधनियन्त्रण संभव छैन, राज्यका सबै निकाय सचेत रहेमात्र अपराध अनुसन्धानको काम प्रभावकारी हुन्छ,’ ‘अपराध नियन्त्रणको काममा प्रहरीलाई मात्रै औंला ठड्याउने काम भइरहेको छ, प्रहरीलाई मात्रै दोष लगाएर अपराधनियन्त्रण संभव छैन, राज्यका सबै निकाय सचेत रहेमात्र अपराध अनुसन्धानको काम प्रभावकारी हुन्छ,’ आइजीपी खनालको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय