अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 11:27

माधवको कोसिस्, ‘जिससपुत्री’को आशिष

बिआरटीनेपाल २०७५ मंसिर १७ गते १९:२१ मा प्रकाशित

काठमाडौं — विवादास्पद एसिया प्यासिफिक समिटले सरकारलाई बदनाम बनाएको छ । 

पृष्ठभुमिमा मुख्य अभिभावक भने सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपाल थिए ।

नेता नेपालकै पहलमा सरकार यो कार्यक्रममा सरिक भएको हो ।

नेकपा नेता नेपालको पहलमा नेपालमा यो सम्मेलन गर्ने निर्णय ६ महिनाअघि नै भएको हो ।

उनकै पहलमा युनिभर्सल पिस फेडेरेसन नेपालका अध्यक्ष एकनाथ ढकालले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेटेका हुन् ।

कार्यक्रमलाई सुनिश्चित बनाउन फेडेरेसन प्रेसिडिङ काउन्सिलका सदस्य तथा फिलिपिन्सका पुर्वसभामुख होसे डे भनेनेसिया ६ महिनाअघि नेपाल आएका थिए ।

माधम नेपालमार्फत भेनेसियाले नेपालको उच्च राजनीतिक नेतृत्वलाई भेटेका थिए ।

फेडेरेसनमार्फत माधव नेपालले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग पनि बलियो सम्बन्ध बनाएका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

सन् १९८५ देखि निरन्तर सत्ताम रहेका हुन सेनले गत जुलाईमा प्रमुख प्रतिपक्षी दललाई प्रतिबन्ध लगाएर निर्वाचन गराएका थिए । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रि संघसंस्थाहरुले मान्यता नदिएको सो निर्वाचनमा नेपालबाट पुर्ववेक्षकको रुपमा माधव नेपाल गएका थिए ।

प्रतिक्रिया