खाडी मुलुक कतारले पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको समूह (ओपेक)बाट बाहिरिने निर्णय गरेको छ । १५ वटा देश सदस्य रहेको ओपेकबाट कतार आगामी जनवरी १ देखि बाहिरिने कतार पेट्रोलियमले जनाएको छ ।
कतारका उर्जामन्त्री साद सेरिदा अल काबीले पेट्रोलियम ग्यासको विकास र उत्पादन बढाउन ओपेकबाट बाहिरिन लागेको बताउनुभएको छ । अहिले कतारले वार्षिक ७ करोड ७० लाख टन पेट्रोलियम ग्यास उत्पादन गरिरहेको छ। अब त्यो बढाएर ११ करोड टन र्पुयाउने लक्ष्य रहेको काबीले जानकारी दिनुभयो ।
डिसेम्बर ६ मा हुन लागेको ओपेक बैठकअघि कतार यस्तो निर्णय गरेको छ । ओपेक समूह छोड्ने घोषणा गर्ने कतार पहिलो खाडी राष्ट्र हो । ओपेकमै साउदी अरेबिया, युएई, इजिप्ट र ओपेकमा नभएको बहराइनले कतारमाथि नाकाबन्दी लगाएका छन् ।
उनीहरूले समूह छाड्ने भए यही वर्ष छोड्नु पर्छ भनेपछि कतार यस्तो निर्णय गरेको अलजजिरा टेलिभिजनले जनाएको छ । कतार १९६१ मा ओपेकको सदस्य बनेको थियो ।