नेपाल विद्युत प्राधिकरणमा व्यापक रुपमा भ्रष्टाचार भएको खुलासा भएको छ । प्राधिकरणले बितरण प्रणलीलाई प्रभावकारी वनाउने भन्दै मुलुकभर पोलसहितको प्रसारण लाईन विस्तार र ट्रान्सफर्मर जडान कार्य अगाडि बढाएको छ । यसैमा व्यापक अनियमितता भएको पाईएको छ । विद्युतमा भ्रष्टाचारको सुईको पाएपछि संसदको सार्वजननिक लेखा समितिले छानविन थालेको हो । छानविनमा लाईन विस्तार तथा ट्रानसफर्मर जडान ठेक्का कार्यमै अनियमितता पाईएको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।
सचिव पाण्डेका अनुसार अन्त शुल्क स्टिकर छपाईमा समेत प्राधिकरणले टेण्डर आव्हान नगरेको विषयलाई पनि छानविनको दायरामा ल्याईएको छ । नेपाली कम्पनीहरुले आफुलाई अवसरवाट वञ्चित गराएको भन्दै समितिमा उजुरी दिएपछि सार्वजनिक लेखा समितिले त्यमा पनि छानविन थालेको हो । समितिले उक्त मामिलामा अर्थ मन्न्त्रालयमाथि शंका गरेको छ । यस सम्वन्धमा मन्न्त्रालयसंगपनि सोधपुछ भैरहेको सचिव पाण्डेले जानकारी दिनुभयो ।