अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 22:16

सन्देश बचाऊ अभियानको रकम हस्तान्तरणसँगै अभियान बन्द भएको जानकारी

बिआरटीनेपाल २०७५ मंसिर १६ गते ९:०८ मा प्रकाशित

धनकुटा, आर्थिक अभावले उपचारमा समस्या परेका धनकुटा चौबिसे बालक सन्देश तामाङको उपचार अभियानमा सङ्कलित रकम धनकुटा खबरले हस्तान्तरण गरेको छ ।

चौबिसे वडा नं. २ बन्दुके डाँडा निवासी ७ वर्षीया तामाङ र उनका बजे जति बहादुर तामाङलाई सङ्कलित ३० हजार ३ सय ३३ रुपैयाँ हस्तान्तरण गरिएको हो । उक्त रकम नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यष राजेश्वर बहादुर श्रेष्ठ र उपाध्यक्ष नगेन्द्र राईले हस्तान्तरण गर्नुभएको हो ।

यो रकम हस्तान्तरणसँगै ‘सन्देश बचाऊ’ अभियान बन्द भएको धनकुटा खबरका सञ्चालक विष्णु विक्रम निरौलाले जानकारी दिनु भयो । २०७३ सालमा करेन्ट लागेर एक हात गुमाएर देब्रपाटो आधा शरीर अपाङ्गता भएका का बारेमा यस अनलाइनले गएको भाद्र २१ गते समाचार प्रकाशनसँगै अभियान सुरु गरेको थियो ।

समाचार प्रकाशन पछि हङ्गकङ्ग निवासी नेपालीहरूले यस अघि २ लाख १३ हजार २ सय २० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिसकेकाछन । सहयोग गर्नेहरूमा हङ्गकङ्ग बसोबास गर्दै आउनुभएका शर्मिला गुरुङ(लमजुङ), टिकामाया गुरुङ(कास्की), समु राई र शारदा राई (खोटाङ)को पहलमा उक्त सहयोग जुटेको थियो ।

धनकुटा खबर अनलाइनले आफ्नो तर्फबाट ११ हजार १ सय ११ रुपैयाँ सङ्कलन गरेर सुरु गरेको यो अभियानमा स्वदेश नेपाल डट कमबाट रु. ५ हजार, पाथीभरा न्युज डट कमबाट रु २ हजार २ सय २२, नेपाल ईलेक्ट्रिसिटी अथोरेटीमा कार्यरत नुवाकोट २ लिखु गाउँपालिकाका टिकादत्त ढकालले रु ५ हजार, इटहरी निवासी निरु मगरले रु ३ हजार सहयोग गर्नुभएको छ । त्यस्तै हाल मलेसियामा कार्यरत काजी राईले ४ हजार सहयोग गर्नु भएको छ । यो अभियानमा हङ्गकङ्ग निवासी महिलाहरूको सहयोग बाहेक धनकुटा खबरको खातामा ३० हजार ३ सय ३३ जम्मा भएको रकम हस्तान्तरण गरी अभियान बन्द गरिएको हो ।

अभियानमा कुल २ लाख ४३ हजार ५ सय ५३ जम्मा भएको छ । यद्यपि बालक सन्देशको टाउकोमा कपाल उमार्न ६ लाख चाहिने र टाउकाको घाउ निको भएको हुँदा हाल उक्त रकम आफ्नै खातामा सङ्कलित रहेको बाजे जित बहादुरले जानकारी दिनुभयो । हाल उमेरका कारण अपरेसन नहुने भएकाले सङ्कलित रकम सन्देशको पढाइमा खर्च गर्दै आवश्यक फ्लोअप उपचार गर्दै गर्ने बाजे जीतबहादुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू