अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३
| Colorodo: 03:48
लन्डन, बेलायतमा सन् २०१८ को जुन महिनामा देशबाट बाहिरिने भन्दा भित्रिनेको सङ्ख्या धेरै रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार जुनमा कुल छ लाख २५ हजार जना भित्रिएका छन् भने तीन लाख ५१ हजार जना बाहिरिएका छन् ।
कार्यालयले बेलायत आउने र बस्नेहरूको सङ्ख्या पहिलाभन्दा बढ्दै गएको देखिएको पनि जनाएको छ । बेलायत आउनेहरूमा पढ्ने र काम गर्ने उद्देश्य बनाएकाहरू धेरै रहेको अधिकारीहरूले जानकारी दिएका छन् । चीन र भारत लगायतका देशहरूबाट स्नातकोत्तर अध्ययनका लागि आउनेहरूको सङ्ख्या पहिला भन्दा अहिले १० प्रतिशतले वृद्धि भएको तथ्याङ्क कार्यालयको भनाई छ ।