अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 02:58

युगाण्डामा डुंगा दुर्घटना, कम्तीमा २२ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ मंसिर ९ गते ८:५१ मा प्रकाशित

युगाण्डाको मुकोनो जिल्लामा भएको डुंगा दुर्घटनामा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । लेक भिक्टोरियामा भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टिएको बताइएको छ ।

घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरु २६ जनालाई जीवितै उद्धार गरिएको युगाण्डा प्रहरीका निर्देशक असुमान मुगेन्यीले जानकारी दिनुभयो । डुंगा दुर्घटनामा बाँच्न सफल एकजना यात्रुले दिएको जानकारी अनुसार डुंगामा झण्डै ९० जना यात्रु सवार थिए ।

राजधानी काम्पाला नजिकै पर्ने मुकोनो जिल्लाको भिक्टोरिया तालमा डुंगा सफारीका क्रममा यो दुर्घटना भएको हो । काम्पालाका प्रहरी प्रवक्ता लुके ओवेयेसिगिरले घटना भएको पुष्टी गरेपनि आधिकारिक पूर्ण विवरणहरु आईसकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू