अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२ | Colorodo: 01:47

प्रतिवद्धता अनुसार सरकारले काम गर्न सकेन – नेकपा नेता पौडेल

बिआरटीनेपाल २०७५ मंसिर ९ गते ८:४६ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको बताउनुभएको छ । यद्धपी उनले भयंकर गल्ती नै गरेकोजस्तो सरकारबाट नभएको स्पष्ट पार्नुभयो ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता पौडेलले वर्तमान सरकार ६, ८ वा ९ महिनाको लागि मात्रै गठन नभएको स्पष्ट पार्दै अहिले नै सरकारका काम कारवाहीको वारेमा मूल्यांकन गर्ने बेला भई नसकेको बताउनुभयो । सरकार ५ वर्षको लागि गठन भएको उल्लेख गर्दै सरकारले यो बीचमा कर प्रणालीलाई नियमन गरेको बताउनुभयो । तर अहिले सरकारको तर्फवाट प्रभावकारी र लोकप्रिय काम हुन नसकेको विषय साँचो रहेको उहाको भनाई थियो ।

नेता पौडेलले सरकारका विषयमा उठेका आलोचना र खबरदारीलाई गम्भिर रुपमा समिक्षा गर्नुपर्ने पनि बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको लागि गाडी खरिद गर्ने विषयमा सामाजिक सञ्जालमा उठेका विषयप्रति सरकारको गम्भिर ध्यानाकर्षण हुनुपर्ने उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू