अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 00:43

श्रीलंकन राष्ट्रपतिद्धारा प्रधानमन्त्री विक्रमासिंघेलाई पुनः नियुक्त गर्न अस्वीकार

बिआरटीनेपाल २०७५ मंसिर ९ गते ८:२९ मा प्रकाशित

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रणिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा पुनः नियुक्त नगर्ने बताउनुभएको छ । श्रीलंकामा एक महिनाभन्दा लामो समयदेखि राजनीतिक संकट चलिरहेको छ । श्रीलंकाली संसद्मा विक्रमासिंघेको पार्टीको बहुमत छ । राष्ट्रपति सिरिसेनाले उहाँलाई बर्खास्त गरेर महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री बनाउनुभएको थियो ।

संसद्मा बहुमत नपुगेपछि राजपाक्षेको सरकार भंग गरिएको थियो । हाल श्रीलंकामा सरकारविहीन अवस्था छ । विदेशी सञ्चारकर्मीसँगको कुराकानीमा सिरिसेना निकै भावुक बन्नुभएको थियो । उहाँले मुलुकमा ठूलो भ्रष्टाचार भएपछि आफू चुप लागेर बस्न नसकेको स्पष्ट पार्नुभयो । सिररिसेनाले विक्रमासिंघे अत्यधिक भ्रष्ट भएको पनि आरोप लगाउनुभएको छ ।

राष्ट्रपति सिरिसेनाले विक्रमासिंघेलाई २६ अक्टोबरमा बर्खास्त गर्नुभएको थियो । विक्रमासिंघेको दल युनाइटेड नेशनल पार्टीको बहुमत संसद्मा भए पनि उहाँलाई कुनै पनि हालतमा पुनःनियुक्त नगर्ने सिरिसेनाले स्पष्ट पार्नुभयो । उहाँको दलले दबाब दिए पनि यसमा सफलता नमिल्ने सिररिसेनाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू