अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 01:53

निर्मला पन्तका अनशनरत बुवाको मानसिक अवस्था बिग्रियो, गोजीमा बिषको गोली भेटियो

बिआरटीनेपाल २०७५ मंसिर ८ गते ३:०३ मा प्रकाशित

छोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याको न्याय माग्न अनसनमा बसेका निर्मला पन्तका बुवाको मानसिक अवस्था समस्याग्रस्त देखिएसँगै उहाँको गोजिमा विषको गोली भेटिएको छ । अनसनस्थलमा बस्दै आएका एकजना (नाम नखुलाउने सर्तमा) ले दिएको जानकारी अनुसार, निर्मला पन्तका बुवाको गोजीमा विषादीकारुपमा प्रयोग गरिने सल्फास नामक औषधीको गोली भेटिएको हो ।

सल्फासलाई किरा लाग्नबाट जोगाउन गहुँलगायतका अन्न भण्डारको बेला प्रयोग गरिन्छ । यो घातक विषादी हो । चिकित्सकको प्रेस्किप्सन बिना यो बिषादी किन्न पाईंदैन । मनसिकरुपमा सन्तुलित नभएका निर्मलाका बुवा यज्ञराजले कहाँबाट सल्फास ल्याए भन्ने कुरा खुल्न सकेको छैन ।

‘उनी आफै सल्फास किनेर ल्याउन सक्दैनन् ।’ श्रोतले भनेको छ, ‘सल्फास जसले पायो त्यसले किन्न पनि सक्दैन । तर उनको गोजीमा भेटिएपछि यसले डरलाग्दो संकेत गरेको छ ।’

पछिल्लोपटक रात्रीकालिन समयमा समेत अनसन सुरु भएपछि यज्ञराजले मानसिक सन्तुलन गुमाउनुभएको छ । निर्मला पन्तकी आमाका अनुसार, राती अनसन बस्न थालेपछि यज्ञराज आफ्नै सुरमा बोल्ने, हिँडने गर्न थाल्नुभएको छ । यतिमात्रै होइन, यज्ञराजले लुगा समेत फुकालेर हिँडने गरेको बताईएको छ । अनसनस्थलबाट निस्केर जथाभावी बोल्दै सडकमा हिँडन थालेपछि पन्तकी आमाले यज्ञराजको उपचारका लागि अपील समेत गर्नुभएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । हत्यालगत्तै भारतबाट फर्केका निर्मलाका बुवाको अवस्था सामान्य नै भएपनि अनसनमा बस्न थालेपछि मानसिक स्वास्थ्यमा परिवर्तन देखिएको हो । यसैवीच, मानसिक अवस्थामा परिवर्तन देखिएपछि यज्ञराजलाई उपचारका लागि काठमांडौं लैजाने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू