अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२
| Colorodo: 23:47
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले वर्तमान सरकार र सत्ताबाट जनता आजित भएको बताउनुभएको छ । पार्टी पुनर्गठन भएको पाँचौं वर्ष लागेको अवसरमा शनिबार विज्ञप्ति जारी गर्दै उहाँले राष्ट्रियता, जनतन्त्र र जनजिविका इतिहास कै गम्भीर घुम्तीमा पुगेको उल्लेख गर्नुभएको छ ।
‘चुनावपछि सरकार बनेको यो दश महिनासम्म पुग्दा हामीले गरेका तथ्यपरक निष्कर्षहरू हुबहु सिद्ध भएका छन,’ महासचिव सवप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वाम भनेर जनतामा भ्रम छरिराखेको यो सरकार र सत्ताबाट जनता आजित, हैरान हुन पुगिराखेका छन् ।’
महिला हिंसा, हत्या, बलात्कारका कारण देश असुरक्षित बन्दै गएको विप्लवले बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ । जनता र राष्ट्रले वैकल्पिक राज्यप्रणालीको माग गरिराखेको उहाँले दावी समेत गर्नुभएको छ ।